
२५ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सको टिम घोषणा भएको छ ।
प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच अटाएनन् । युवा राइजिङ स्टार जाभी सिमोन्सले भने टिममा समावेश छन् ।
समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ
नेदरल्याण्ड्सको टिम
गोलकिपर : जस्टिन बिज्लोव, रेम्बो पासभिर, एन्ड्रिस नोपर्ट
डिफेण्डर : भर्जिल भान डाइक, नाथन एके, ढाले ब्लाइन्ड, जुरिएन टिम्बर, डेन्जल डमफ्राइस, स्टेफान डे भ्रिज, माथिस डे लिग्ट, टाएरेल मालासिया, जेरेमिइ फ्रिम्पोङ
मिडफिल्डर : फ्रेन्की डे जोङ, स्टेभेन बर्घुइस, डेभी क्लासेन, टेउन कुप्मेइनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स
फरवार्ड : मेम्फिस डिपाए, स्टेभेन बर्जविन, भिनसेन्ट जानसेन, लुक डे जुङ, नोअ लाङ, वाउट वेघोस्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4