+
+

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते २०:४९

२६ कात्तिक, वीरगञ्ज । प्रहरीलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो ।

वीरगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेको थियो । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर प्रहरीले हटाउने क्रममा श्रीवास्तवले प्रहरीलाई अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

केही युवाले मधेशकेन्द्रित दलका उम्मेदवारलाई लाञ्छना लगाएर नारा लेखिएको ब्यानर टाँगेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा पर्सा क्षेत्र नं १ (२) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिशाल कुमार सर्राफ, तानविर अन्सरी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?