+
+

ललितपुरको नख्खुमा बालुवा व्यवसायी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १३:५५

२८ कात्तिक, काठमाडौं । ललितपुरको नख्खुमा एक जना व्यवसायी मृत भेटिएका छन् ।

रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षका राजन बस्नेत मृत भेटिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट लागेको छ । उनलाई चोट कसरी लाग्यो र चोट नै मृत्युको कारण हो होइन भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ ।

शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?