+
+

चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक २८ गते १५:३०

२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ।

सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज गरौं, युवा विद्यार्थीको चाहना, वैज्ञानिक समाजवादको स्थापना’ भन्‍दै सडकमा प्रदर्शन गरेका हुन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?