+
+

खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तीन भाग्यमानी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १३:३५

२९ कात्तिक, काठमाडौं । कतारमा २२ औं संस्करणको फिफा विश्वकपमा भाग लिन टिम अहिले कतार पुग्ने क्रम जारी छ ।

पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले पनि विश्वकपकमा डेब्यु गर्दैछ ।

कतार विश्वकप कसले जित्ला भन्ने अहिले सबैको चासोको विषय बनेको छ ।

विश्वकपको इतिहासमा केही यस्ता भाग्यमानीहरु पनि छन् जसले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जितेर इतिहास बनाए ।

पछिल्लो पटक रुसमा भएको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका थिए ।

अहिलेसम्म तीन जनाले दुवै भूमिकामा विश्वकप जितेका छन् । त्यसमा पनि जर्मनीका फ्रान्स बेकनबाउर र फ्रान्सका डिडियर डेसच्याम्प्सले भने खेलाडी हुँदा कप्तानको रुपमा विश्वकप जितेका थिए अनी प्रशिक्षकको रुपमा पनि विश्वकप जिते ।

ब्राजिलका मारियो जागालो खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने पहिलो व्यक्तिगत हुन् । ब्राजिलले सन् १९५८ र १९६२ मा विश्वकप जित्दा जागालो खेलाडीको भूमिकामा छ ।

उनले पेलेसँग लगातार दुई पटक विश्वकप जिते । त्यसको ८ वर्षपछि ब्राजिलले तेस्रो पटक विश्वकप जित्दा भने जागालो प्रशिक्षकको भूमिकामा थिए ।

विश्वकपकै उत्कृष्ट खेलाडीमध्ये एक रहेका बेकनबाउरले सन् १९७४ मा खेलाडीको रुपमा विश्वकप जिते । तत्कालीन पश्चिम जर्मनीलाई च्याम्पियन बनाउँदा उनी कप्तान भिए । यस्तै १९९० मा उनले प्रशिक्षकको रुपमा विश्वकप जिते ।

फ्रान्सका डिडियर डेसच्याम्प्सले सन् १९९८ मा आफ्नो कप्तानीमा फ्रान्सलाई पहिलो पटक विश्वकप जिताए । त्यसको दुई दशकपछि फ्रान्सले रुसमा दोस्रो पटक विश्वकप जित्दा उनै डेसच्याम्प्सल प्रशिक्षकको भूमिकामा थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?