+
+

अघि बढ्यो बढुवा प्रक्रिया, को बन्ला अतिरिक्त स्वास्थ्य सचिव ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १३:३४

३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।

समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी रिक्त छ ।

बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।

बाह्रौं तहमा बढुवाका लागि १० जना भन्दा बढी कर्मचारी योग्य छन् । तर, दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने भएको छ । तीमध्येबाट दुईजना १२ औं तहमा बढुवा हुनेछन् ।

कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटा बढुवा हुने निश्चितजस्तै देखिएको छ ।

कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुईको नम्बर बढी देखिएको छ । डा. बाराकोटी यस अगाडि नै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, उनलाई रोकेर डा. संगीता कौशल मिश्राको बढुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?