+
+

दुर्घटनामा घाइते भएका मतदान अधिकृत र सहायक अधिकृतको ठाउँमा नयाँ अधिकृत पठाइए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १५:२६

२ मंसिर, जुम्ला । जुम्लाको ताम्तीस्थित जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी गाडी दुर्घटना घाइते भएपछि कर्मचारी र सुरक्षाकर्मीको अर्को टोली खटाइएको छ ।

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठलाई निर्वाचन अधिकृत र गंगाप्रसाद पाण्डेलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारीसहित नयाँ टोली खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । सहायक कर्मचारी मुनराज रोकाया र कार्यालय सहयोगी रमेशप्रसाद चौलागाईलाई पठाइको छ ।

यसअघि खटाइका मतदान अधिकृत हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने मतदान केन्द्र जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा केन्द्रमा प्रहरीको नयाँ टोली पनि खटाइएको छ । दुर्घटनामा प्रहरी नायव निरीक्षक सिताराम दराई सहित टोली घाईते भएपछि प्रहरीको टिम पनि फेरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?