+
+

पोखरा हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तरलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १६:२९
फाइल तस्वीर

२ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पाएको छ ।

६७ करोड २९ लाख ८१ हजार रुपैयाँ लगानीको परियोजनाका लागि बीएचएन नामक भारतीय कम्पनीसँगको सहकार्यमा रेलिगेयर कन्सक्ट्रक्सन कुपोन्डोल र समानान्तर निर्माण पुरानो बानेश्वरले ठेक्का पाएको हो ।

निगमका इन्जिनियरिङ विभाग प्रमुख सुरज साहले यी कम्पानीसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको बताए । ‘रेलिगेयर, समानान्तर र भारतीय कम्पनी बीएनएचसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको छ,’ साहले भने, ‘२४ महिनामा निर्माण सक्ने सम्झौता छ ।’

२ चैत २०७७ मा आह्वान गरिएको ठेक्का विवादका कारण पटक पटक रोकिएको र १४ कात्तिकमा खरिदको बोलपत्र खोलिएको विभागका प्रमुख साहले बताए ।

१४ कात्तिकमा खोलिएको प्रस्तावको १४ दिनमै हतारमा मूल्यांकन सकेर निगमले २९ कात्तिकमा ठेक्का सम्झौता गरेको हो । परियोजना अन्र्तगत नयाँ विमानस्थलमा ३६ सय किलोलिटर क्षमताका ट्यांकीसहित हवाई इन्धनको डिपो, लोडिङ अनलोडिङ पूर्वाधार, अग्नि नियन्त्रक उपकरण, डिपो कार्यालय र सुरक्षा कम्पाउन्ड समेतको पूर्वाधार रहने बताइएको छ । पूर्वाधार निर्माण अयोजनाको प्रमुखमा निगमका इन्जिनियर भरत रेग्मी तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?