+
+

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १८:११

काठमाडौं । राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ ।

उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ ।

फिल्ममा सरोज खनाल, राजाराम पौडेल र स्मृति वलीको पनि अभिनय हुनेछ । माघ २० गतेदेखि फिल्मको छायांकन गर्ने तयारी छ ।

ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको फिल्ममा निर्माता खातीकै कथा तथा गीत लेखन हुनेछ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन हुनेछ ।

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । लमजुङ, हेटौंडा र काठमाडौंमा फिल्मको छायांकन हुनेछ । नम्रताको अर्को फिल्म ‘डेसान’ मंसिर २३ मा रिलिज हुँदैछ । आमेशका यसअघि ‘फूलैफूलको मौसम तिमीलाई’ र ‘तँ म र ऊ’ फिल्म प्रदर्शनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?