+
+

छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ९:३६
मुगुको खत्याड गाउँपालिका-८ को श्री सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र ।

४ मंसिर, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी छ ।

सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सकिएलगत्तै गणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् ।

सामान्यतया एक जनालाई भोट हाल्न करिब २ मिनेट लागेको छ । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिए पनि निर्धारित समयमा नै मतदान सम्पन्न गर्नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मतगणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने समेत बताए ।

एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातालाई यो निर्वाचनमा मताधिकार छ । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

वीरगञ्जको नेशनल ट्रेडिङस्थित मतदान स्थल

एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी खटिएका छन् ।

नवलपरासी पूर्वको कावासोतीस्थित एक मतदान केन्द्र
मुगुको खत्याड गाउँपालिका-८ को श्री सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र ।

बुढानीलकण्ठस्थित नारायणथान माविमा मतदाता
लमजुङको एक मतदान केन्द्र
गुल्मीको एक मतदान केन्द्रमा मतदाता
पाल्पाको एक मतदान केन्दको सुरक्षामा तैनाथ नेपाल प्रहरी र म्यादी प्रहरी ।
सप्तरी राजविराजस्थित केशो अनिरुद्रमति मावि मतदान केन्द्र

तनहुँको एक मतदान केन्द्रमा मतदान गर्न लाइन लागेका मतदाताहरु ।
मुगुमा मतदान गर्दै एक वृद्ध ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?