+
+

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १९:४४

४ मंसिर, काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ ।

सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार रातिसम्ममा गणना सुरू भइसक्नेछ ।

काठमाडौं-१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।

अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै उनले सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने बताए ।

काठमाडौं-३ मा भने दलका प्रतिनिधिहरुले नै सोमबार विहानदेखि गणना गर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?