
५ मंसिर, कैलाली । कैलाली- १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।
नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् ।
श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्मेदवार राम जनम चौधरीले १६० मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंकप्रसाद जैशी (ढुंगाना)ले ११ मत पाएका छन् ।
कैलाली- १ को मतगणना इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा मत गणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4