+
+

सिन्धुपाल्चोक अपडेट : क्षेत्र नं. १ मा एमाले, २ मा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:४७

६ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमाले र २ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सरेश नेपाल अगाडि छन् । उनले ६ हजार ५० मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका माधव सापकोटा (सुवोध)ले ५ हजार १७१ मत पाएका छन् ।

प्रदेश सभातर्फ क्षेत्र नं. १ (१)मा नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ र नेपाली कांग्रेसका उम्मेदवार मसिना खड्काबीच तीव्र प्रतिस्पर्धा छ । तामाङले ७ हजार ३४६ र खड्काले ७ हजार ३२८ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार मोहन बहादुर बस्नेतले ५ हजार ९५४ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले ४ हजार ३८२ मतसहित पछ्याइरहेका छन् ।

राप्रपाका उम्मेदवार नरसिं श्रेष्ठले २९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २४४ र नेकपा मालेका उम्मेदवार कविराज गिरीले १७१ मत पाएका छन् ।

प्रदेशसभा तर्फ क्षेत्र नं. २ (१) मा माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाल अगाडि छन् । दुलालले ५९६८ र एमाले उम्मेदवार अमान सिंह तामाङले ४ हजार १९१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?