+
+

अप्टिकल फाइबरको समस्याले बैतडीमा सञ्चार सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १९:३८

६ मंसिर, बैतडी । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ ।

बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।

अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ सेवाग्राही मारमा परेका छन् ।

मोबाइल, फोन सेवा र इन्टरनेट नहँदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ । उनले भने, ‘बैतडी र डडेल्धुराका प्राविधिकहरु खटिएका छन् । चाँडै सेवा सुचारु गर्न लागि परेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?