+
+

कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:२४

६ मंसिर, काठमाडौं । काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।

७ हजार ३०९ मत सहित एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए ।

नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए । उनी भन्दा धेरै मत राप्रपाका उमेशराज सापकोटाले पाएका छन् । सापकोटाले ७४ सय ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?