+
+

परिजिता बास्कोटा ‘द भ्वाइस’को अमेरिकी संस्करणमा अन्तिम १० मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १०:१४

काठमाडौं । नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् ।

मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् ।

उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन् । अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाइज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ ।

भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?