+
+

अर्घाखाँचीमा एमालेका आचार्य प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:२३

७, मंसिर अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) मा नेकपा एमालेका चेतनारायण आचार्य निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी पराजित भएका छन् ।

आचार्यले २० हजार ५ सय ४८ मतका पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका केसीले १९ हजार ७ सय ७८मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्य लुम्बिनी प्रदेशका पुर्वआन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?