+
+

ओलिभर जिरुड : बेन्जेमाको ब्याकअपदेखि सर्वाधिक गोलको कीर्तिमानसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:२८

७ मंसिर, काठमाडौं । ओलिभर जिरुड ३६ वर्षका भए । कतारमा विश्वकप खेलिरहेका फ्रान्सेली टोलीमा उनी सबैभन्दा बुढा खेलाडी हुन् । उनी कुनै स्टार खेलाडी पनि होइनन् । तर गोल गर्ने मामिलामा भने उनी स्टार भन्दा कम छैनन् ।

साविक विजेता फ्रान्सले गएराति अष्ट्रेलियालाई ४-१ ले हराएर विश्वकप उपाधि रक्षा अभियानमा बलियो सुरुवात गर्दा जिरुडले दुई गोल गरे । किलियन एमबाप्पेसँग अग्रपंक्तिमा उनको जोडी जमेको थियो । अहिले फ्रान्सेली टिमका सबैभन्दा ठूला स्टारका रुपमा रहेका एमबाप्पेले अष्ट्रेलियाविरुद्ध एक गोल गर्नुका साथै दुई असिस्ट गरेका थिए ।

डिडियर डेसच्याम्पको टोलीमा जिरुड सुरुमा उनी बालोन डि’ओर विजेता करिम बेन्जेमाको ब्याक अफको रुपमा कतार पुगेका थिए । डेसच्याम्पले पनि त्यही योजना बनाएका थिए ।

तर विश्वकप सुरु हुनु अघिल्लो दिन प्रशिक्षणका क्रममा घाइते भएपछि बेन्जेमा विश्वकपबाटै बाहिरिए । जसले गर्दा जिरुडले पहिलो रोजाइमा खेल्ने अवसर पाए । त्यसलाई उनले सदुपयोग पनि गरे अनि दुई गोल गरे ।

अष्ट्रेलियाविरुद्ध दुई गोल गरेपछि जिरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । अब एक गोल गरेपछि उनी सर्वाधिक गोलकर्ता हुनेछन् ।

फ्रान्सका लागि कुनै पनि उमेर समूहमा खेल्ने अवसर नपाएका जिरुडले सिधै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । जतिखेर उनको उमेर २५ वर्ष थियो । यो उमेरमा खेलाडीहरु अन्तर्राष्ट्रियस्तरमा चर्चित भइसक्छन् तर जिरुडले भने सन् २०११ मा पहिलो पटक राष्ट्रिय टिममा अवसर पाए ।

फ्रेन्च क्लब मोन्टेपिलरमा राम्रो प्रदर्शन गरेपछि त्यसै फल उनले पाए । प्रशिक्षक लरेन्ट ब्लांकले उनलाई अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा समावेश गरेका थिए । जसलाई जिरुडले बच्चैदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका थिए ।

२०११ नोभेम्बर ११ मा केभिन गमेइरोको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै जिरुडले फ्रान्सका लागि डेब्यु गरेका थिए ।

त्यसको ११ वर्षपछि जिरुडले फ्रान्सका लागि ११५ खेल खेल्दै ५१ गोल गरे । उनले १३ वर्षदेखि थियरी हेनरीको नाममा रहेको कीर्तिमानसँग बराबरी गरे । हेनरीले भन्दा ८ खेल कम खेल्दै जिरुडले कीर्तिमान बराबरी गरेका हुन् । जिरुडले अष्ट्रेलिया विरुद्ध कीर्तिमानी गोल बराबरी गर्दा समर्थक ठूलो स्वरले चिच्याएका थिए ।

जिरुडको करिअर उनको गुणस्तरको प्रमाण हो । यद्यपि उनले आफूले योग्यताको क्रेडिट प्राप्त गर्न संघर्ष गर्नुपर्‍यो । यी स्ट्राइकरको वास्तविक मूल्य भने उनको खेल करिअरको निकै पछि मात्र पहिचान गरियो ।

आर्सनलमा तीन पटक एफए कप अनि चेल्सीमा च्याम्पियन्स लिग जितेका जिरुड त्यसपछि इटालियन क्लब एसी मिलान पुगे र सिरी ए उपाधि जिते । सिरी ए मा गरेको प्रदर्शनले नै उनलाई कतार भ्रमणका लागि सहयोग गर्‍यो ।

आवश्यक परेको बेला गोल गर्न माहिर जिरुड कडा मेहनत गर्छन् । अग्रपंक्तिमा आवश्यकता अनुसार खेल्न सक्ने उनी विशेषगरी स्ट्राइकर वा सेन्टर फरवार्डको भूमिकामा खेल्छन् । कहिलेकाहीं दोस्रो स्ट्राइकरको रुपमा खेल्ने उनी फल्स ९ को भूमिकामा पनि देखिन्छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?