+
+

कञ्चनपुरबाट प्रदेशसभामा कांग्रेसका थापा र माओवादीका भाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १९:३०

७ मंसिर, धनगढी । कञ्चनपुर क्षेत्र -२ को प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभा-१ मा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन् ।

प्रदेशसभा-१ मा भाट प्रतिद्धन्द्धी नेकपा एमालेका वचनबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।उनले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४७५ छ ।

थापाले एमालेका कृपाराम रानालाई १ हजार ७२६ मतले हराउदै निर्वाचित भएका हुन् । थापाले १० हजार ६६८ मत ल्‍याउँदा रानाले ८ हजार ९४२ मात्रै मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?