+
+

समानुपातिकमा एमालेले ३ लाख कटायो, घण्टीलाई पछ्याउँदै माओवादी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २१:०८

७ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ ।

एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको छ । तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ ।

रास्वपाले एक लाख ५४ हजार ९६८ मत ल्याएर तेस्रो स्थानमा छ । माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रले एक लाख ४१ हजार ३८१ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ८१ हजार, छैटौंमा रहेको जसपाले २९ हजार र सातौं स्थानमा रहेको नेमकिपाले २६ हजार मत पाएको छ ।

एकीकृत समाजवादी भने नवौं स्थानमा छ । उसले १७ हजार मत पाउँदा जनमत पार्टीले २२ हजार मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?