+
+

नेशनल लाइफको अभिकर्ता भेला महेन्द्रनगरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:२७

काठमाडौं । नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कलासम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई मायाको चिनोले सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रम महेन्द्रनगर शाखाका प्रमुख नवीन किशोर भट्टले सञ्चालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?