
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २८ मंसिरमा १३ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि १६ मंसिरमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश १५ मंसिरसम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् ।
कम्पनीको प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4