+
+

रुपन्देहीबाट प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:५३

८ मंसिर, बुटवल। रुपन्देही क्षेत्र नं.३ (१) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले जनता समाजवादी पार्टीका महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित हुंदा यादवले १० हजार ७ सय ९८ मत पाएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारीले ५ हजार ४ सय ६२ मतसहित तेश्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङ्गले ३ हजार ६ सय ७४ मत पाए।

प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डे २०७४ को चुनावमा यही क्षेत्रमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?