+
+

आलिया-रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ११:०१

काठमाडौं । बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन् । विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन् ।

आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् ।

रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । छोरीको नाम सार्वजनिक गर्ने आलिया-रणवीरको काइदा पनि गजबको छ । फुटबल क्लब बार्सिलोनाको जर्सीमार्फत उनीहरुले नाम सार्वजनिक गरे ।

आलियाले छोरीको नाम ‘राहा’को अर्थ खुशि भएको बताएकी छन् । यसबाहेक राहा एक गोत्र पनि हो । गत ६ नोभेम्बरमा आलियाले छोरीलाई जन्म दिएकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by Alia Bhatt 💛 (@aliaabhatt)

आलिया लेख्छिन्, ‘राहाको अर्थ जोए हो । संस्कृतिमा राहा एक गोत्र हो । बंगालीमा यसको अर्थ आराम र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । यसबाहेक यसको अर्थ खुशि, स्वतन्त्रता र आनन्दजस्ता केही शब्द पनि छन् । हामीलाई यिनलाई जब पहिलोपटक हातमा लिँदा हामीले यही सबै शब्दको अर्थ महसुस ग¥यौं । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीप्रति आभार । यस्तो लाग्दैछ, हाम्रो जीवन बल्ल सुरु हुँदैछ ।’

२७ जुनमा आलियाले पे्रग्नेन्सीको घोषणा गरेकी थिइन् । १४ अप्रिल, २०२२ मा आलिया र रणवीरबीच विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?