+
+

इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:१६

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको छ ।

यस्तै इलामको क्षेत्र नम्बर २ मा संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन् ।

यो समाचार तयार पार्दासम्म नेम्बाङले १९ हजार ११२ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले १७ हजार ४१० मत पाएका छन् ।

यस क्षेत्रमा दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?