+
+

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १४:४२

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ ।

‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् ।

फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय छ । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् ।

पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले फिल्म निर्माण गरेका हुन् । यो फिल्म पुस २९ गते देशब्यापी प्रदर्शन तयारीमा छ । हेर्नूस टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?