+
+

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहद्वारा प्रमाण पत्र ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १५:०५

९ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् ।

कांग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

कांग्रेस नेता सिंहले ७१४३ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७०१८ मत प्राप्त गरेर पराजित भएका थिए ।

त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ को (१) र (२) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ रसुरजचन्द्र लामिछानेलाई पनि निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले श्रेष्ठ र लामिछानेलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?