+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते ६:३७

१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११  मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?