+
+

गोलकिपरलाई रातो कार्ड, इन्जुरी टाइममा २ गोल गर्दै इरानले वेल्सलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १८:१५

९ मंसिर, काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।

समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २-० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

गोलकिपर हेनेसेले रातो कार्ड पाएपछि वेल्स दश खेलाडीमा समेटियो भने इरानले त्यसैको फाइदा उठायो । ८७ मिनेटसम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यसमा खेलमा नयाँ ट्वीस्ट आयो । हेनेसेले ८७ औं मिनेटमा इरानका मेहदी तारेमीलाई पेनाल्टी बक्स बाहिर आएर फाउल गरेपछि रातो कार्ड पाए ।

पहिला पहेँलो कार्ड देखाएका रेफ्रीले पछि भीएआरको सहयोगमा रातो कार्ड देखाए । त्यसपछि वेल्सले आरोन राम्सेको स्थानमा दोस्रो रोजाईँका गोलकिपर ड्यानी वाडलाई मैदान पठाएको थियो ।

रातो कार्ड पाउनुअघि वेल्सका हेनेसेले केही राम्रा बचाउ पनि गरेका थिए । तर रातो कार्ड पाउँदै हेनेसेले भिलेन बन्दा वेल्सलाई घाटा लाग्यो ।

त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

उनी ७८औं मिनेटमा अहमद नोयरोलाहीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै त्यसको दुई मिनेटपछि रेजाइएनले गोल गर्दै इरानलाई २-० को जित दिलाए ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको वेल्सको यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको वेल्सको नकआउट चरण पुग्ने सम्भावना यो हारले कमजोर बनेको छ । वेल्सले अब अन्तिम खेल इंग्ल्याण्डसँग खेल्नेछ भने इरानले अमेरिकासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?