
९ मंसिर, उदयपुर । उदयपुर १ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् ।
विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए ।
२ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए ।
कार्की २०७४ मा पनि निर्वाचित भएका थिए । कार्कीले त्यतिवेला वामगठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई पराजित गरेका थिए ।
यसपटक सत्तागठबन्धनबाट उमेद्वार बनेका कार्की प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4