+
+

मोरङबाट प्रदेशसभामा लिलाबल्लभ अधिकारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २०:२७

९ मंसिर, विराटनगर । मोरङ-२ को प्रदेशसभा-२ बाट नेकपा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उम्‍मेदवार विनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् ।

दोस्रो पटक सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारीले १७ हजार ७५२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कार्कीले १४ हजार ९५२ मत ल्‍याए ।

मोरङ-२मा क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?