+
+

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

तीन दल थपिए,राजमो र एकीकृत समाजवादी बाहिरिए

टोपराज शर्मा टोपराज शर्मा
२०७९ मंसिर ११ गते ११:१०

११ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।

यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई/दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।

यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।

२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, जसपाले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले एक  र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एक सिट जितेका थिए ।

यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।

यस्तो छ दलगत उपस्थिति :

नेकपा एमाले 
१. लिला गिरी-रुपन्देही २(१)
२.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २(२)
३. तुल्सीप्रसाद चौधरी-रुपन्देही-३(२)
४. भुमिश्वर ढकाल-रुपन्देही ५(१)
५.चिन्तामणि पाण्डे-गुल्मी १(१)
६.डिल्लिराज भुसाल-गुल्मी २(१)
७. दिनेश पन्थी-गुल्मी २(२)
८.राजुप्रसाद श्रेष्ठ-पाल्पा १(१)
९. खेमबहादुर सारु -पाल्पा १(२)
१०.चेतनारायण आचार्य-अर्घाखांची १(२)
११.राजजीप्रसाद घिमिरे-अर्घाखांची १(२)
१२.विष्णु पन्थी-कपिलवस्तु १(१)
१३.मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १(२)
१४.नवराज लामिछाने-कपिलवस्तु २(१)
१५.अर्जुनकुमार केसी-कपिलवस्तु ३(१)
१६.तुल्सीराम शर्मा-प्युठान १9१)
१७.दुर्गाप्रसाद चौधरी-बांके १(२)
१८.रत्नबहादुर खत्री-बांके ३(१) ।

नेपाली कांग्रेस 

१.विश्वप्रेम पाठक-नवलपरासी १(१)
२.देवकरणप्रसाद कलवार- नवलपरासी १(२)
३.अब्दुल रज्जाक गद्दी-रुपन्देही १(२)
४.वसिउद्दिन खां-रुपन्देही ४(२)
५.सुधाकर पाण्डे -कपिलवस्तु २(२)
६.सरोज थापा -रोज राणा)-प्युठान १ (२)
७.अनुराग खड्का-दाङ १(२)
८.राजु खनाल-दाङ २(१)
९.प्रचण्डविक्रम न्यौपाने -दाङ २(२)
१०. डिल्लीबहादुर चौधरी-दाङ ३(१)
११.बादशाह कुर्मी-बांके ३(२)
१२.धनबहादुर केसी-रुकुमपुर्व १(२)
१३.भुवनेश्वर चौधरी-बर्दिया १(१)
१४.जन्मजय तिमिल्सेना-बर्दिया २(१)
१५.बीरबहादुर राना-पाल्पा २(१)
१६.धनेन्द्र कार्की-गुल्मी १(२)
१७.बैजनाथ कलवार जैसवाल-नवलपरासी २(२)

नेकपा माओवादी केन्द्र

१.जोखबहादुर महरा-रोल्पा १(१)
२.इन्द्रजित थारु -दाङ १(१)
३.कृष्णा केसी-बांके १(१)
४.तुलाराम घर्ती-पाल्पा २(२)
५.धनबहादुर मास्की-दाङ ३(२)

जनता समाजवादी पार्टी
१.भण्डारीलाल यादव-बाँके २(१)
२.आदेशकुमार अग्रवाल-बाँके २(२)

लोकतान्त्रिक समाजवादी पार्टी

१.सन्तोष पाण्डे -रुपन्देही ३ (१)
२.कन्हैया बनिया-रुपन्देही ४(१)

राष्ट्रिय प्रजातन्त्र पार्टी
१.आशिषकुमार चौधरी-रुपन्देही १(१)
२.जानकीप्रसाद यादव-कपिलवस्तु ३(२)

नागरिक उन्मुक्ति पार्टी
१.राजकुमार चौधरी-बर्दिया १ (२)
२.धर्मबहादुर चौधरी-बर्दिया २ (२)

जनमत पार्टी
१.चन्द्रकेश गुप्ता-रुपन्देही ५(२)

स्वतन्त्र (सबै माओवादीका बागी)

१.दीपेन्द्र पुन-रोल्पा १(२)
२.सरुल पुन-रुकुमपुर्व १(१)
३.खड्ग बस्नेत-नवलपरासी २(२)

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?