+
+

निमावि तहको गणित, विज्ञानमा ३६५ शिक्षक माग्दा ५७ जनामात्रै पास

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १३:००

११ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३६५ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

आयोगले सबै ७ प्रदेशका लागि ३६५ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण हुँदा पनि ३०८ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उतीर्ण हुन सकेनन् ।

प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ३८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ४३ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उतीर्ण भएका छन् ।

उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।

(नोट : यसअघिको हेडलाइनमा विज्ञानमा ३६५ शिक्षक माग्दा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?