
१२ मंसिर, उदयपुर । उदयपुर क्षेत्र नम्बर १ को मतगणना आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो क्षेत्रको मत गणना आइतबार बिहान साढे १० बजेदेखि नै रोकिएको छ । प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण गणना रोकिएको हो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका छन् ।
के गर्ने भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरेको छ । निर्वाचन आयोगबाट त्यसको जवाफ नआएकाले आज दिउँसो १ बजेसम्म मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिए ।
उदयपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् ।
उदयपुर क्षेत्र नं. २ बाट भने नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भइसकेका छन् ।
हेर्नुहोस् पत्र
प्रतिक्रिया 4