+
+

मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १८:११

१२ मंसिर, सुनसरी । सुनसरी-४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियैतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरीत विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाए । उनले मत गणनामा
ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।

पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भने, ‘गणनामा आलटाल भइरहेको छ। एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् । सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’

सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको मागसहितको उजुरी हालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?