+
+

सामसङको दशैं लक्षित अफरका विजेतालाई पुरस्कार वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १९:०६

काठमाडौं । सामसङले यसपालीको दशैंमा ल्याएको अफरको पुरस्कार वितरण गरेको छ । कम्पनीले ‘यो वर्षको दशैं उपहार डेली टिभी, ड्याम्मै कार’ अफर ल्याएको थियो । यो अफर २८ अगस्टदेखि ३० सेप्टेम्बरसम्म चलेको थियो । जसमा २६ जना विजेताले एक–एक नयाँ सामसङ टिभी जितेका छन् । एक विजेताले अफरको बम्पर पुरस्कारस्वरुप एक नयाँ कार जितेका छन् ।

अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकले अफर अवधिभर कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो । सो अवधि भर कम्पनीले फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी दैनिक विजेता घोषणा गर्ने गरेको कम्पनीले जनाएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङले ग्राहकका लागि वर्षैभर कुनै न कुनै अफर ल्याउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?