+
+

रवि लामिछाने भन्छन्– राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते ७:३४

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । पूर्ण नतिजा आएपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ ।

नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’

पार्टी स्थापनाको केही महिनामै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि नजाला भन्ने चासो छ ।

यसै सन्दर्भमा उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?