
काठमाडौं । अन्तरीक्षको दुनियाँ वास्तवमा निकै विस्तृत छ र त्यहाँ प्रयोग गर्ने यतिधेरै तरिका छन् कि त्यसको गणना गर्नै सम्भव छैन ।
यहीँ मेलोमा अमेरिकी अन्तरीक्ष संस्था नासाका एक पूर्व कर्मचारीले यस्तै एउटा अन्तरीक्ष प्रयोग गरेका छन् । उनले आफ्नो प्रयोगका क्रममा पृथ्वीबाट एउटा अण्डा अन्तरीक्षमा लगेर त्यहाँबाट पृथ्वीमा खसालेका छन् ।
अन्तरीक्षबाट अण्डा खसाल्ने उक्त प्रयोग गर्ने व्यक्ति नासाका पूर्व इन्जिनियर मार्क रोबर हुन् । उनी हाल एउटा युट्युब च्यानल चलाउँदछन् । आफ्नो उक्त प्रयोगको भिडियो उनले आफ्नै च्यानलमा अपलोड गरेका छन् ।
आफूले यसअघि पनि यस्तै प्रयोग गरेको तर त्यसमा सफल हुन नसकेको उनले बताएका छन् । पहिलो प्रयासमा अण्डा फुटेकोमा दोश्रो प्रयासमा भने उनी सफल भए ।
आफ्नो उक्त प्रयोगमा मनग्य रकम खर्च भएको उनको भनाइ छ । अण्डालाई सुरक्षित रुपमा अन्तरीक्षबाट खसाउन सकियोस् भन्ने उनको योजना थियो । तर पहिलो प्रयासमा उनले अण्डालाई नियन्त्रित गतिमा खसाउन नसक्दा अण्डा फुटेको थियो ।
दोश्रो पटक नियन्त्रित गतिमा अण्डा खसाउनका लागि उनले रकेटको गतिलाई फिन्स कन्ट्रोलमा मिलाए र अण्डा खसाए । रकेटमा उनले अण्डालाई जुन प्रकारले राखे अण्डा सोही स्वरुपमा पृथ्वीमा अवतरण भयो र फुटेन । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4