+
+

पोर्चुगललाई जिताएका ब्रुनो फर्नान्डेज भन्छन् : मेरो पहिलो गोल रोनाल्डोको हुन सक्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:१७

काठमाडौं । पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले सोमबार उरुगवेविरुद्ध गरेको पहिलो गोल क्रिस्टियानो रोनाल्डोले गरेको हुन सक्ने बताएका छन् ।

पोर्चुगलले ५४औं मिनेटमा गरेको पहिलो गोल फर्नान्डेजको नाममा छ । उनले क्रस गरेको बल रोनाल्डोको हेड गर्न खोजेका थिए । रोनाल्डोको एक्सनले उरुग्वेका गोलकिपर सर्जियो रद्चेट पनि अलमलमा परे, बलले जाली चुम्यो ।

पोर्चुगलका कप्तान रोनाल्डोले पनि आफूले ने गोल गरे जस्तो गरी सेलेब्रेसन गरे । तर जब आधिकारिक गोलकर्ताको रुपमा फर्नान्डेजको नाम ठूलो स्वरमा उच्चारण भयो तब रोनाल्डो पनि हाँसे । ‘क्रिष्टियानोले बललाई छोएको अनुभूति मलाई थियो’ फर्नान्डेजले भने, ‘हामी धेरै कडा प्रतिद्वन्द्वीविरुद्ध खेलेपछि अर्को राउन्डमा जाँदैछौं, त्यो महत्वपूर्ण कुरा हो ।’

फरनान्डेजले इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरे । रोनाल्डोले त्यसअघि नै मैदान बाहिरिसकेकाले फर्नान्डेजले पेनाल्टी प्रहार गर्ने जिम्मेवारी लिए र गोल पनि गरे ।

फर्नान्डेजको दुई गोलको मदतमा पोर्चुगलले उरूग्वेलाई २-० गोल अन्तरले हराएको छ र अन्तिम १६ मा स्थान बनाएको छ । उरुग्वेलाई हराउनुअघि पोर्चुगलले घानालाई ३-२ ले पराजित गरेको थियो ।

खेलपछि रोनाल्डोलाई सब्सिच्युट गर्नुको कारण दक्षिण कोरियाविरुद्ध अन्तिम खेलका लागि आराम दिएको हो भन्ने प्रश्नमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘पहिलो स्थान पक्का भएको छैन । हामी शीर्ष स्थानका लागि जाँदैछौँ र यो ब्राजिलको कारण भने होइन।’

ब्राजिल समूह जीमा छ र लगातार दुई खेल जितेको ब्रजिल समूह बिजेता बन्ने सम्भावना छ । यसको अर्थ पोर्चुगल रहेको समूह एचको उपविजेताको भेट ब्राजलिसँग हुनसक्छ ।पोर्चुगल समूह एचको शीर्ष स्थानमा छ ।

रोएटर्सको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?