+
+

टेवल टेनिस विश्व च्याम्पियनसिपको क्षेत्रीय छनोट नेपालमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १७:२९

१३ मंसिर, काठमाडौं । विश्व टेवल टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रीय छनोट नेपालमा आयोजना हुने भएको छ ।

इन्टरनेसनल टेबल टेनिस फेडेरेसन (आईटीटीएफ)अन्तर्गत एसियन टेवल टेनिस फेडेरसन (एटीटीयू) को प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेवल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।

मंगलबार पत्रकार सम्मेलन गरी नेपाल टेवल टेनिस संघले अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल तयार रहेको बताएकाे छ ।

संघका अध्यक्ष चतुरानन्द राजवैद्यले च्याम्पियनसिपका लागि आवश्यक तयारी विभिन्न कमिटीमार्फत भइरहेको जानकारी दिए । संघले प्रतियोगिता व्यवस्थापन समितिको संयोजक संघकै प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलाई तोकेको छ । कमिटीमा शंकर गौतम टुर्नामेन्ट डाइरेक्टर, तेजेन्द्र सिंह महरा कम्पिटिसन म्यानेजरका रूपमा छन् ।

प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रहरुले सहभागिता जनाउने छन्। नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक देशबाट प्रतियोगितामा पाँच पुरुष र पाँच महिला गरेर कुल १० खेलाडी समावेश हुनेछन् । पुरुष एकल र महिला एकलमा लिग कम नकआउटकका आधारमा हुने प्रतियोगिताबाट १६–१६ खेलाडी छनोट हुनेछन् ।

नेपालबाट सहभागी हुने खेलाडी तथा प्रशिक्षकः
पुरुषः रुबिन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे ।
महिलाः नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिक्का सुवाल र इभाना थापामगर ।
मुख्य प्रशिक्षकः सन्जीव ढुंगेल
सहायक प्रशिक्षकः संजय अर्याल र सन्ध्या शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?