+
+

सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १७:०२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कार्यक्रम आयोजना गरिएको बताए । खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकश पारेका थिए ।

करिब १५० जना सहभागी अभिकर्ता भेलामा कम्पनीका बजार व्यस्थापन विभाग प्रमुख विवेक शर्माले बीमा बिक्री कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट अभिकर्ताहरुलाई खत्रीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?