+
+

यू-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीको तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १७:१९

१४ मंसिर, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८५ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले तेस्रो जित हात पारेको छ ।

मुलपानी मैदानमा लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रन बनाए । उनले ५४ बल खेल्दै ६ चौका प्रहार गरे । प्रतिक श्रेष्ठ ३४ बलमा २७ रन बनाउँदै एलबीडब्ल्यू भए । रोशन विकले २३ र ओमकार यादवले १६ रन बनाए ।

तेस्रो क्रमका ब्याटर उत्तम मगर ११ रन बनाए । योगेश भट्टले १३ रन बनाउँदै क्याच आउट भए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट लिए । उनले ५.३ ओभर बलिङ गर्दै १५ रन खर्चेका हुन् । अभिषेक गौतम र तुलबहादुर थापाले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अल आउट हुँदै २३४ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर देव खनालले सर्वाधिक ४६ रन बनाए । उनले ५४ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठी ७० बलमा २ चौका सहित ४० रन बनाउँदै प्रतिक श्रेष्ठको बलमा एलबीडब्ल्यु आउट भए । तुलबहादुर थापाले ५१ बल खेल्दै २८ रन जोडे । दुर्गेश थापाले २५ बल खेल्दै ३८ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

प्रज्वल थापा ९ रनमा बोल्ड भए । कप्तान विशाल विक्रम केसीले १० बलमा ११ रन बनाउँदै क्याच आउट भए । विशाल भुषालले ३१ बलमा २० रन बनाए ।

बागमतीका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५५ रन खर्चेर ३ विकेट लिएका हुन् ।

अभिषेक कोइराला र ओमकार यादवले समान २–२ विकेट लिए । दोस्रो स्थानमा रहेको बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ४ खेलमा ३ जित र १ हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । फाइनलमा बागमती र लुम्बिनी मध्ये कुन पुग्ने भन्ने टुङगो भने लुम्बिनीले बिहीबार प्रदेश १ सँग खेल्ने खेलले निर्धारण गर्नेछ । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् । शीर्ष दुई टोलीले मंसिर १९ गते फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?