+
+

सीके राउतलाई सत्ता गठबन्धनमा आउन विमलेन्द्रको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १८:१३

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए । भेटनमा निधिले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिँदै कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका उनको सचिवालयले जनाएको छ । निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयको भनाइ छ ।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो । भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ । निधिसँगको भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए ।

सप्तरी क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर  मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ हालसम्म गणना भएको मतमा थ्रेसहोल्ड पार गर्न आवश्यक तीन प्रतिशत मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?