+
+

चालु पूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १२:१५
फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको बताएका छन् । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए ।

आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अधिकारीले अझै केही समस्या भने रहेको स्वीकार गरे । मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणसमेत कारण समेत केही समस्या रहेको उनले बताए ।

चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा खुला बहस गर्न राष्ट्र बैंक तयार रहेको उनले बताए । उनले भने, ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु पर्‍यो भन्ने चाहन्छौं ।’

अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनु पर्ने उनले बताए । आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने उनले बताए । ‘भोलिको दिनमा यो खुल्छ, विजनेशलाई राज्यले सधैं रोकेर राख्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?