
काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनको छोराको नाम हो सायारेम ।
गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचार आएपछि पनि यसबारे राजेशपायल मौन थिए ।
उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।
राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् ।
सायारेम नाम राजेशपायल राईले आफ्नो अघिल्लो गीतबाट लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4