+
+

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित, प्रदेश १ पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:१०

१५ मंसिर, काठमाडौं । प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ ।

लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सुभान गहतराजले सर्वाधिक २२ रन बनाए ।

उनले २२ बल खेल्दै ३ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर इस्टेन रिजालले ६८ बल खेल्दै १९ रन बनाए । त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा प्रदेश १ सस्तैमा आउट भएको हो ।

लुम्बिनीका लागि निर्मल गुरुङले ४.२ ओभर बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । अर्का बलर दुर्गेश गुप्ताले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रदेश १ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक १९ रन बनाए । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठीले १७ रन बनाए । प्रज्वल ओलीले ११ बल खेल्दै २ चौकाको साहयतामा १५ रन जोडे । सुनिल भण्डारी र विशाल भुषाल ६ र ८ रनमा अविजित रहे ।

प्रदेश १ का लागि दिपेश कंडेलले छ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले १ विकेट लिए ।

आफूले खेलेका सबै ५ खेल जितेको सुदूरपश्चिमको १० अंक छ । बागमती ५ खेलमा ४ जित सहित ८ अंकका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । लुम्बिनी समान खेलमा समान अंक भएता पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । ७ टिम सहभागी प्रतियोगिताको शीर्ष २ मा रहने टिमले फाइनल खेल्ने छन् । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?