+
+

बराबरी खेलेपछि क्रोएसिया समूह उपविजेता, बेल्जियम बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २३:१२

१५ मंसिर, काठमाडाैं ।  निर्णायक खेलमा क्राेएसियासँग बराबरी खेलेपछि बेल्जियम टिम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो ।

बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

यस समूहबाट मोरक्को ७ अंक जोडेर समूह्य विजेता बन्दा क्रोएसिया ५ अंकसहित उपविजेता बन्यो ।

४ अंक जोडेको बेल्जियम तेस्रो हुँदै समूह चरणबाटै बाहिरियो ।

बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्ने तीन राम्रा अवसर गुमाए । ६०औं मिनेटमा उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

क्रोएसियाले क्वाटरफाइनल प्रवेशका लागि अब समूह इ को विजेता सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?