+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.1)
VS
८३ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १२:२५

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रमराज गौतमले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै बैंकका नायक प्रमूख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्राधिकरणका निर्देशक गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने छ र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणकोदेखिको सम्बन्ध थप प्रगाढ बन्दै जाने छ भन्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?