+

ब्राजिलले क्यामरुनसँगको खेलपछि नेइमारको विषयमा निर्णय गर्ने

२०७९ मंसिर  १६ गते १३:२५ २०७९ मंसिर १६ गते १३:२५
ब्राजिलले क्यामरुनसँगको खेलपछि नेइमारको विषयमा निर्णय गर्ने

१६ मंसिर, काठमाडौं । ब्राजिलले समूह चरणको अन्तिममा हुने क्यामरुनसँगको खेलपछि नेइमारको विषयमा निर्णय गर्ने भएको छ ।

सर्बिया विरुद्धको पहिलो खेलमा घाइते भएका नेइमार समूह चरणको बाँकी दुई खेलबाट बाहिरिएका थिए । नेइमारसँगै डानिलो र एलेक्स सान्ड्रो पनि चोटका कारण क्यामरुन विरुद्ध खेल्ने छैनन् ।

‘उनीहरुको अवस्था सुधार हुँदैछ’, ब्राजिलका सहायक प्रशिक्षक क्लेबर जाभिएरले बिहीबार भने, ‘हामी अहिले क्यामरुन विरुद्धको खेलमा केन्द्रित छौँ र त्यसपछि यी खेलाडीको बारेमा निर्णय गर्न सुरु गर्नेछौँ । हामीले उनीहरुको पुनरागमन बारेमा योजना बनाइसकेका छौँ ।’

यद्यपी जाभिएरले त्यस योजनाबारे धेरै खुलाएनन् । ब्राजिलका टिम डाक्टरले नेइमार कहिले फर्कने भन्ने समयसिमा बताएका छैनन् । वा नेमार फेरि यस विश्वकपमा मैदान फर्कने नपर्कने समेत केही टुङ्गो छैन ।

समूह जीमा यसअघि दुवै खेल जित्दै अन्तिम १६ मा पुगिसकेको ब्राजिलले क्यामरुन विरुद्ध बराबरी खेलेमा समूह विजेता बन्नेछ । नेमारले यसअघि सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध घाइते हुँदै बाँकी खेल गुमाएका थिए । यस्तै चोटकै कारण २०१९ को कोपा अमेरिका फुटबल गुमाएका थिए भने २०१८ मा रुसमा भएको विश्वकपमा पनि पूर्ण रुपमा फिट थिएनन् ।

नेइमार फिफा विश्वकप ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय