+
+
विश्वकप फुटबल :

लायक नेतृत्व अभावको नियतिमा जर्मनी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १५:३५

१६ मंसिर, काठमाडौं । एउटा चर्काचर्कीयुक्त टिम बैठक । आफ्ना कमजोरीहरु आदान प्रदान गरी हारबाट सिकेर इख लिने जर्मन फुटबलको विशेषता हो । सन् १९५४ मा हंगेरीसँग हारेर पनि यस्तै गरी उनीहरुले विश्वकप जिते । सन् १९७४ मा पूर्वी जर्मनीसँगको हारबाट माथि उठेर उनीहरुले विश्वकप जिते । सन् १९८२ मा अल्जेरियासँग हारे पनि विश्वकपको फाइनलमा पुग्न यस्तै रणनीति लिए ।

तर, अब यो जर्मनीको इतिहास बनेको छ । जर्मनी एक सशक्त प्रतियोगिता टोली (टुर्नामेन्ट टिम) थियो र उनीहरु नेतृत्व र विरासत हस्तान्तरण गर्न माहिर थियो ।

कतार विश्वकपमा समूहको आफ्नो पहिलो खेलमा जापानसँग हारेपछि जर्मन टिमको यस्तै चर्काचर्कीपूर्ण बैठक थियो । तर, उनीहरुको अब टुर्नामेन्ट टिम थिएन र यस्तो लागिरहेको छ कि उनीहरुसँग अब कुनै नेतृत्व छैन, विरासत छैन ।

राष्ट्रिय टिमको समस्या समाधानका लागि प्रमाणहरु कम देखिन्छन् । मैत्रीपूर्ण खेललाई गम्भीरताका साथ नलिनु, क्वालिफायर खेलहरुमा आफ्नो स्तरका प्रतिस्पर्धी नपाउनु कै कारणले सीमित ठूला प्रतियोगितामा अप्रत्यासित नतिजा आइरहेको छ ।

एक गल्ती वा एक शानदार आक्रमणले खेलको परिदृश्य नै परिवर्तन गर्न थालेको छ । त्यसैले जर्मनीलाई सन् २०१४ को विश्वकपको जितभन्दा अगाडि पुगेर सुरुवात गर्नु आवश्यक देखिएको छ ।

तत्कालीन विश्वकपको सेमिफाइनलमा ब्राजिलमाथिको ७–१ को जितले धेरैको ध्यान तान्नेछ । यो जर्मनीको सबैभन्दा ठूलो सफलतामध्येको एक मानिन्छ । तर, त्यो खेल वास्तवमा ब्राजिलको उत्मात र अनुशासनहीनताको चरम रुप थियो जसलाई जर्मनीको फरवार्ड लाइनले कारबाही गरेको थियो । वास्तवमा उनीहरुले आफ्नो क्लासिकल प्रदर्शन सोही विश्वकपको समूह चरणमा पोर्चुगलविरुद्ध तथा पछिल्ला विश्वपकपमा अस्ट्रेलिया, इंग्ल्याण्ड र अर्जेन्टिनाविरुद्ध गरेका थिए ।

सन् २०१४ मा जर्मनीको सफलताको महत्वपूर्ण क्षण अन्त्मि १६ मा अल्जेरियामाथि २–१ को जितपछि मात्र देखिएको थियो । समूहमा घानासँगको खेलमा मुस्किलले हारबाट जोगिएको थियो । त्यतिबेला प्रशिक्षक जोचिम लोले उनले सेन्टर फरवार्ड मिरोस्लाभ क्लोजलाई मैदानमा पठाए । फ्लुइड फ्रण्ट थ्रीलाई खुलेर खेल्ने स्थिति बन्दा सेन्टरलाई ब्लक गर्न सम्भव रह्यो । सोही रणनीतिले घानासँग समूहमा बराबरी खेलेको जर्मनीले विश्वकपको मार्गमा फ्रान्स र फाइनलमा अर्जेन्टिनामाथि १–० को जित सम्भव गरेको थियो ।

विश्वकपको यो जित जर्मन पुस्ताको सबैभन्दा उच्च विन्दू रह्यो । जसको सुधार प्रक्रिया सन् २००० देखि सुरु भएको थियो । सन् २००६ मा जर्गेन क्लोपले नयाँ जर्मन स्कुलको सुरुवात गरेपछि यसको असर पूरा युरोपभरि फैलियो । तर, विश्वकप जित्ने प्रक्रिया छुट्टै थियो । नयाँ शैलीको आक्रामक दबावसँग यसको निकै कम समानता थियो ।

प्रशिक्षक लो सधैं आधुनिक शैलीलाई अनुसरण गर्ने इच्छाका बीच फसेका थिए । सन् २००६ मा जर्गेन क्लिन्सम्यानको असिस्टेन्टका रुपमा कार्यरत रहँदादेखि नै उनले यो शैलीको प्रयोग गरिरहेका थिए । यो कठिन थियो तर प्रभावकारी थियो ।

सोही वर्ष क्लिन्सम्यानलाई प्रतिस्थापन गरेर मुख्य प्रशिक्षक बनेपछि जर्मनी शैली आक्रामक, आकर्षक र सशक्त रक्षात्मक देखिन थाल्यो । सन् २०१४ को विश्वकपपछि उनले टिममा कहिल्यै पनि सन्तुलन मिलाउन सकेनन् । जसको परिणाम चार वर्षअघि जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो ।

सन् २०१७ मा कन्फेडेरेसन कपमा शानदार सफलता हासिल गरेको जर्मन टिमका अधिकांश युवा खेलाडीलाई एकीतृत गर्न नसकेको भन्दै लो प्रशासनको आलोचना सुरु भयो । असफलताका कारणहरु धेरै हुन्छन् तर पछिल्लो केहि महिनादेखि जर्मनीको राणनीतिक पक्षमा पनि धेरै प्रश्न उठेका छन् ।

सन् २०२० मा स्टारहरुले भरिएको बायर्न टिमलाई सफलता दिलाएका हेन्सी फ्लिकले लोलाई प्रतिस्थापन गरेपछि पनि जर्मन टिममा सुधार आउन सकेन ।

सन् २०१२ को युरोप कपमा इटलीसँगको हार होस या सन् २०१४ मा घानाविरुद्धको लडखडाहट । पछिल्लो विश्वकपमा दक्षिण कोरिया र मेक्सिकोसँगको हार, सन् २०२० को युरोमा हंगेरीसँगको संघर्ष र जारी विश्वकपमा पनि उस्तै नियति । जर्मन टिम मैदानभित्र बलको चक्करमा फसेको छ । जापानसँग उनीहरुले दुई गोल खाँदा एउटा काउन्टर एट्याकमा थियो भने अर्को सामान्य फ्रिकिकमार्फत । सोही खेलदेखि नै जर्मन टिमको सुधारमा शंका गर्न थालिएको थियो ।

वर्तमान प्रशिक्षण प्रणालीले प्रष्ट रुपमा प्राविधिक रुपमा निपूर्ण र सामरिक रुपमा चतूर खेलाडी उत्पादन गर्छ । यो प्रक्रियामा जर्मनीले के गुमाएको छ ? आधुनिक समयका बेकनबाउर, रुम्मेनिज, मेथ्यूज कहाँ छन् जसले एक्लो प्रयासमा खेलको दिशा परिवर्तन गर्ने क्षमता राख्थे ? के उनीहरु व्यक्तिबादमा धेरै ध्यान केन्द्रित गरिरहेका छन् ?

यो जर्मनीको मात्र समस्या होइन । यो विशवकपमा युवा सेन्टर फरवार्डको उपस्थिति आश्चर्यजनक रुपमा कम छ । यहि कारणले क्रिष्टियानो रोनाल्डो, लुइस स्वारेज र ओलिभर जिरोडहरु आआफ्नो टिमको केन्द्रीय भूमिकामा छन् ।

केलियन एम्बाप्पे एक स्पष्ट अपवाद हुने । यद्यपी उनी आउट एण्ड आउट स्ट्राइकरका रुपमा अझै खेल्न मन पराउँदैनन् । स्ट्राइकर उत्पादन नहुनुको प्रमुख कारणका रुपमा पेप ग्वार्डिओलाको दृष्टिकोणबाट हुर्किएको स्पेनिस शैलीको फुटबल पश्चिम युरोपका अधिकांश एकेडेमीमा सञ्चालित छ । सन् २०११ मा डेभिड भियाको खुट्टा भाँच्चिएपछि स्पेनले अहिलेसम्म उपयुक्त सेन्टर फरवार्ड भेट्टाएको छैन ।

सायद प्रतियोगिताअघि टिमो वेर्नरलाई गोलीगाँठाको चोट नलागेको भए जापानसँगको खेल जर्मनीले पहिलो हाफमै जितिसकेको हुन्थ्यो । तर, पोजिसन अनुसारको भूमिकामा रक्षापंक्तिको तुलनामा अग्रपंक्तिमा समस्या कम छ ।

– द गार्जियनबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?